Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु, २५ गते नतिजा प्रकाशन

    म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु, २५ गते नतिजा प्रकाशन

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ ।

    चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ।



    छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गर्ने तयारी छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्।



    उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गरिने छ। म्यादी प्रहरीका लागि ४० दिनको कार्यअवधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार