Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने

    मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 747
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ ।

    आठवटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि २३ हजार ७७१ जना म्यादी प्रहरी खटाइने मधेश प्रदेशका प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाले जानकारी दिए ।



    उनका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने छ । यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।



    गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा मधेश प्रदेशमा ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार