Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कैलालीबाट गाडीसहित १८ लाखको अवैध सामान बरामद

    कैलालीबाट गाडीसहित १८ लाखको अवैध सामान बरामद

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 681
    SHARES

    धनगढी । कैलालीबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो।



    बोलेरो जिपमा भारतबाट ल्याइँदै गरेका किराना पसलका सामग्री, कम्प्युटर पार्ट्स, कपडाहरू बेवारिसे अवस्थामा भेटिएको जिपसहित बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वाटर कैलालीले जनाएको छ।



    सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार