Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच

    सवारी दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिक सक्रिय, इन्सपेक्टर वकिल आफै ‘फिल्ड’मा खटिए

    सवारी दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिक सक्रिय, इन्सपेक्टर वकिल आफै ‘फिल्ड’मा खटिए

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 1.5K
    SHARES

    कैलाली । कैलालीमा सार्वजनिक सवारी साधनको यान्त्रीक अवस्थाबारे चेकजाँच गरिएको छ । चाडबाडको समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी ट्राफिक प्रहरीले सोमबार सवारी साधनको यान्त्रीक अवस्थाबार चेकजाँच गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी बसपार्कमा प्रहरी निरीक्षक वकिल बहादुर सिंह र यातायात ब्यवस्था कार्यालय धनगढीका मेकानिकल ईन्जिनियर रबिन्द्र चौधरीसहितको संयुक्त टोलीले सार्वजनिक सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच गरेको थियो ।



    सवारी धनीहरुले सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच नगरी सञ्चालन गर्ने सवारी दुर्घटना हुनसक्ने हुँदा सो कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । नेपालीहरुको महान चाड पर्व वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिकले सक्रियता देखाएको छ ।



    सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच नगरी सवारी साधन सञ्चालन गरे सवारी दुर्घटना हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक सिंहले बताए । सो कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सार्वजनिक सवारी साधनको यान्त्रीक अवस्थाबारे सोमबार चेकजाँच गरिएको उनले बताए ।

    चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मत गर्नसमेत प्रहरी निरीक्षक सिंहले निर्देशन दिए ।

    यस्तै साथै सवारी साधनका ऐनामा राखिएका झालर तथा रुमालहरु पनि ट्राफिक प्रहरी हटाएको छ । सवारी साधनमा अगाडिको सिसा तथा ऐनामा बिभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामानहरु राखिएका छन भने तुरुन्त हटाउन सवारी धनी तथा चालक बर्गमा कैलाली ट्राफिकले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार