Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बलियो गठबन्धन : रणनीतिमा विपक्षी दल

    बलियो गठबन्धन : रणनीतिमा विपक्षी दल

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 663
    SHARES

    काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।

    छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय थाहा नभएको जनाएका छन् ।



    लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज चुनावी गठबन्धन र सिट बाँडफाँट’दयगत छलफल हुने जानकारी दिए । पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनकेन्द्रित विषयमा छलफल हुने उनको कथन छ ।



    ‘स्थान र समय अहिले तय भइसकेको छैन, हामीबीच औपचारिक रूपमा हुने छलफल पहिलो हो । चुनावी गठबन्धन र सिट बाँडफाँट प्रारम्भिक छलफल हुन्छ, बाँकी कुरा त छलफलमा बसेपछि त्यही हुन्छ,’ कर्णले भने ।

    एमाले उपाध्यक्ष एवं वार्ता टोली संयोजक विष्णु पौडेल सोमबार रातिसम्म भैरहवामा छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार