Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कस्तो रहनेछ आजको मौसम पूर्वानुमान ?

    कस्तो रहनेछ आजको मौसम पूर्वानुमान ?

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 849
    SHARES

    काठमाडौं । देशका तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

    प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिक बदली रहेको छ ।



    मंगलबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।



    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको बताइएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार