Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रपति पुटिनको आदेशपछि एडवर्डलाई रुसी नागरिकता

    राष्ट्रपति पुटिनको आदेशपछि एडवर्डलाई रुसी नागरिकता

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 819
    SHARES

    एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्व अमेरिकी गुप्तचर एजेन्ट एडवर्ड स्नोडेनलाई रूसी नागरिकता दिएका छन् । राष्ट्रपति पुटिनको आदेशपछि उनलाई रुसी नागरिकता दिइएको हो । स्नोडेनमाथि अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेको छ ।

    स्नोडेनले सन् २०१३ मा अमेरिकाका गोप्य भनिएका फाइल सार्वजनिक गरेका थिए । यी फाइलमा अमेरिकी गुप्तचर निकायले कसरी घरेलु र अन्तर्राष्ट्रिय स्तरमा निगरानी गर्छन् भन्ने कुरा खुलाइएको थियो ।



    सन् २०२० मा रुसले स्नोडेनलाई स्थायी बसोबासको अधिकार दिएको थियो त्यसपछि उनलाई रुसी नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको थियो ।



    एडवर्ड स्नोडेनले आफ्नो जीवन र स्वतन्त्रता जोखिममा राखी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी निगरानी अथवा कम्प्युटर जासुसी विवरण जुन २०१३ मा सार्वजनिक गरेका हुन्। त्यसैले उनको राहदानी र नागरिकता अमेरिकी सरकारले खारेज गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार