Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालिका बलात्कार मुद्दामा जेल सजाय भोगेकालाई ओली निवास बालकोटमा भव्य स्वागत

    बालिका बलात्कार मुद्दामा जेल सजाय भोगेकालाई ओली निवास बालकोटमा भव्य स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 3.3K
    SHARES

    काठमाडौं । बालीकालाई बलात्कार गरेको अभियोगमा पाँच वर्ष जेल जीवन विताएका व्यक्तिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा भव्य स्वागत गरेका छन् ।

    एमाले अध्यक्ष ओलीले धादिङको ज्वालामुखि गाउँपालिका–२ का लालबाहादुर कार्कीलाई आफ्नै निवासमा बोलाएर सोमबार स्वागत गरेका हुन् ।



    कार्की स्थानीय एक बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा पाँच वर्ष जेल जीवन विताएर निस्केका व्यक्ति हुन् । कार्कीले पाँच वर्ष जिल्ला कारागार धादिङमा विताएका थिए ।



    बलात्कार अभियोगमा पक्राउ पर्दा उनी माओवादीका नेता थिए । त्यतिबेला माओवादी नेताहरुले उनलाई जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

    जेलबाट निस्किएपछि कार्की एकाएक नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । ज्वालामुखि गाउँपालिका–२ का वडाध्यक्ष रणबहादुर शाहीले वडा कार्यालयमा नै उनलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । त्यतिबेला वडा कार्यालयलाई पार्टीको अखडा बनाएको भन्दै विरोध समेत भएको थियो । कांग्रेस प्रवेश गरेपछि उनलाई वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको संयोजक समेत बनाएको थियो ।

    अहिले फेरि उनी नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष ओली निवास पुगेका उनलाई ओलीले नै खादा लगाएर एमालेमा प्रवेश गराएका हुन् ।

    बलात्कार जस्तो जघन्य अपराध प्रमाणित भएका व्यक्तिलाई पूर्व प्रधानमन्त्री ओलीले स्वागत गरेपछि एमालेभित्रै त्यसको चर्को विरोध शुरु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार