Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु

    डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 720
    SHARES

    काठमाडौं । नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।



    जसमा संक्रमितमध्ये धेरै वागमती प्रदेशमा १९ हजार ९१० केस देखिएको छ ।



    लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ ।

    त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार