Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कैलाली ट्राफिक प्रहरीको बढ्दो सक्रियता, ‘मापसे’सँगै ‘लापसे’ पनि चेकिङ् !

    कैलाली ट्राफिक प्रहरीको बढ्दो सक्रियता, ‘मापसे’सँगै ‘लापसे’ पनि चेकिङ् !

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 1.3K
    SHARES

    कैलाली । सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर कैलालीमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीमा चेकजाँच सुरु गरेको हो ।

    सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मंगलबारदेखि चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।



    चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे नगरेको पत्ता लाग्ने उनको भनाई छ ।



    ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ। ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरेरनगरेको पत्ता लाग्छ । लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।

    यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । चाडबाडमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिकले सक्रिय रुपमा लागेको छ ।

    यसअघि सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी सवारी साधनको यान्त्रिक अवस्थाबारे चेकजाँच गरेको थियो । भने केही दिन अगाडि मात्रै कैलालीका विभिन्न स्थानमा यात्रु सहायता कक्षहरुको समेत स्थापना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार