Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

    सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 645
    SHARES

    फाइल फोटो

    दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

    रा १ ज ५६३ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार एक जना गम्भीर घाइते भएका छन् । मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ ।



    हालसम्म मृतक कसैको पनि पहिचान खुली सकेको छैन। नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बाँकेको ढकेरीबाट बिहेबाट फर्कँदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ। घटनास्थलमा प्रहरीसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयवासिन्दा उद्धारमा खटिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार