Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

    तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।



    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेता’दयगत ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।



    एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

    एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार