Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सल्यान जीप दुर्घटना : मृतक आठै जनाको सनाखत [नामावलीसहित]

    सल्यान जीप दुर्घटना : मृतक आठै जनाको सनाखत [नामावलीसहित]

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 867
    SHARES

    सल्यान । सल्यानमा बुधबार बिहान भएको जीप दुर्घटनामा परि मृत्यु भएका सबैको सनाखत भएको छ।

    बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप बिहान साढे तीन बजेतिर कपुरकोट गाउँपालिका-६ रिम जलवाङमा दुर्घटना भएको थियो।



    दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् ।



    दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्किँदै गरेको जीप कपुरकोट–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार