Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 627
    SHARES

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू-भागमा अवस्थित रहेको छ । आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदली हुने भएको छ ।



    त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा भने आंशिक बदलीदेखि मौसम सामान्यता सफा हुने भएको छ ।

    यसैगरी महाशाखाका अनुसार प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार