Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोभिड देखिएको भन्दै चिनियाँ सहरमा लकडाउन गरेपछि सर्वसाधारण उत्रिए विरोधमा

    कोभिड देखिएको भन्दै चिनियाँ सहरमा लकडाउन गरेपछि सर्वसाधारण उत्रिए विरोधमा

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 981
    SHARES

    एजेन्सी । केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका छन् ।

    दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।



    १ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो ।



    कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

    तर कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध दर्जनौँ नागरिक नाराबाजीमा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार