Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘द भ्वइस’ मा नेपाली किशोरी परिजिताको जादू, नेपाल सम्झाउँदै जजलाई बाँडिन् रुद्राक्षको माला

    ‘द भ्वइस’ मा नेपाली किशोरी परिजिताको जादू, नेपाल सम्झाउँदै जजलाई बाँडिन् रुद्राक्षको माला

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 789
    SHARES

    एजेन्सी । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकामा भइरहेको ‘द भ्वइस’को ब्लाइण्ड अडिसनमा तहल्का मच्चाएकी छिन्।

    १७ वर्षकी बास्तोलाले ‘द भ्वइस’को ब्लाइण्ड अडिसनमा सुमधुर स्वरको जादु चलाएकी हुन्। ब्लाइन्ड राउन्डमा बुधबार राती प्रजिताले लब्रिन्थको ‘जेलस’ गित गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काएकी थिइन्।



    उनी ‘द भ्वइस’मा प्रस्तुति दिने पहिलो नेपाली हुन्। उनले गाउन सुरु गरेको केही क्षणमा नै चारै जजले बजर दबाएका थिए। उनको गीत पूरा भएपछि सबै जजले सकारात्मक प्रतिक्रिया दिएका थिए।



    यस क्रममा परिजिताले चारै जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन्। झापा निवासी परिजिताको परिवार अहिले अमेरिकाको मेरिल्याण्डमा बसोबास गरिरहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार