Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • समानुपातिक सूची संशोधनबारे बालुवाटारमा छलफल गर्दै कांग्रेसका नेताहरू

    समानुपातिक सूची संशोधनबारे बालुवाटारमा छलफल गर्दै कांग्रेसका नेताहरू

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौँ । बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित पदाधिकारी छलफलमा जुटेका छन्।

    आज बिहान कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन र सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेका उपलब्धिबारे छलफल भएको हो।



    पार्टीले निर्वाचन आयोगमा असोज ३ गते बुझाएको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको उम्मेदवारको सूची संशोधन गर्नेलगायत विभिन्न विषयमा उनीहरूबीच छलफल भएको हो।



    मंगलबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर जान सभापति देउवालाई आग्रह गरेका थिए।

    समानुपातिकको बन्दसूची पेस गर्दा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले भेदभाव गरेको तथा आफूहरुलाई पेलेको भन्दै कांग्रेसमा इतर पक्ष (नेता कोइराला पक्ष)ले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो।

    कोइराला पक्षका नेताहरुले आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए।

    कोइराला पक्षले घोषणा गरेको आन्दोलनअनुसार इतर पक्षका नेता/कार्यकर्ताले बुधबारदेखि पार्टी मुख्यालय सानेपामा धर्ना दिँदैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार