Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले समानुपातिक बन्दसूचीमा एकलौटी गरेको भन्दै शेखर समूह धर्नामा

    प्रधानमन्त्री देउवाले समानुपातिक बन्दसूचीमा एकलौटी गरेको भन्दै शेखर समूह धर्नामा

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 828
    SHARES

    काठमाडौं । समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर काेइराला समूहले धर्ना दिएको छ ।

    पार्टी कार्यालय सानेपामा कोइराला समूहले समानुपातिक बन्दसूची सच्याउनु पर्ने माग राख्दै धर्ना दिएको हो ।



    आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै आज दिउँसो १ बजेदेखि धर्ना सुरू भएको हो। धर्ना २ बजेसम्म चल्नेछ।



    संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ ।

    शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ । समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार