Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सेयर बजार सामान्य बढ्यो, कारोबार आधा अर्बमा सीमित

    सेयर बजार सामान्य बढ्यो, कारोबार आधा अर्बमा सीमित

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 786
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।

    आज नेप्से परिसूचक ६.४१ अंकले बढेको छ ।



    गत कारोबार दिन मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ०.३५ प्रतिशतले बढेर १८३७.४६ को बिन्दुमा पुगेको छ ।



    बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतल बढेर ३५९.४६ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

    यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १, १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार