Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ३८ जनामा संक्रमण पुष्टि

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ३८ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 693
    SHARES

    काठमाडौं । भदौयता नेपालमा कोभिड १९ को संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    दुई हजार ८१८ वटा नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।



    संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।



    त्यस्तै, आज ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार