Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बाबुराम भट्टराईले भने – नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो छ

    बाबुराम भट्टराईले भने – नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो छ

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 648
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको निर्वाचन प्रणाली पनि खिचडीजस्तो भएको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।



    उनले भने, ‘मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौं, तर पूर्ण गर्न सकेनौं । पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाति,



    भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को, जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली अपनायौं, त्यो खिचडी खालको अपनायौं ।’

    उनले आफ्नो पार्टीको नाम फेरिएको भए पनि एजेण्डा एउटै रहेको बताए ।

    पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै भट्टराईले आफूले निरन्तर अग्रगमनको कुरा गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार