Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आगामी निर्वाचनमा जनताले राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने लिङ्देनको दाबी

    आगामी निर्वाचनमा जनताले राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने लिङ्देनको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् ।

    रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन् ।



    देशले विकल्प खोजिरहेकाले नेपाली नागरिकले आउँदो चुनावमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनले बताए । उनले पार्टीका अगुवा नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिए ।



    प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ चुनावको तयारीमा जुट्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वानसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार