Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कमल थापा भन्छन् – विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधिन बन्न सक्दैन

    कमल थापा भन्छन् – विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधिन बन्न सक्दैन

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 873
    SHARES

    हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकिरहनको लागि विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधिन बन्न नसक्ने बताएका छन् ।

    राप्रपा नेपाल केन्द्रिय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको संयुक्त भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।



    उनले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको दाबी गरे। उनले राष्ट्रियताको सम्बर्द्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको अजेन्डा बोक्ने दल र नेतालाई जनताले रोज्नुपर्ने बताए।



    राजनीतिमा निष्ठा र इमानदारिता आवश्यक हुने चर्चा गर्दै उनले राजनितीलाई फोहोरी बन्न नदिन जनताले चुनावमार्फत् सही नेतृत्व छान्नुपर्ने स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार