Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौं महानगरलाई सेना र प्रहरीले समेत टेरेन

    काठमाडौं महानगरलाई सेना र प्रहरीले समेत टेरेन

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 939
    SHARES

    काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ ।

    भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।



    पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् ।



    कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिर्नुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भने, ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ । हामी फेरि अर्को पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’

    दुई सुरक्षा निकायपछि कर तिर्न कुनै पनि जवाफ नदिने सरकारी निकायमा दरशथ रंगशाला, नेपाल कमर्स क्याम्पस, नेसनल ट्रेडिङ लिमिटेड छन् । ती निकायले लामो समयसम्म कर तिरेका छैन । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार