Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • डेंगु सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु

    डेंगु सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    चितवन । डेंगुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो ।



    उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



    यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो । जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार