Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 669
    SHARES

    काठमाडौं । बिहीबार देशभर ४५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन्।

    यही अवधिमा ७० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्।



    सक्रिय संक्रमितमध्ये ९ जना आइसियूमा‚ ३६ जना संस्थागत आइसोलेशनमा र १ हजार ४१ जना होम आइसोलेशनमा रहेका छन्।



    काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ। काठमाडौंमा ४३३ जना ललितपुरमा १४१ जना र भक्तपुरमा २१ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार