Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युक्रेनका चार क्षेत्र रुसमा गाभिने, शुक्रबार औपचारिक पत्रमा हस्ताक्षर गर्दै पुटिन

    युक्रेनका चार क्षेत्र रुसमा गाभिने, शुक्रबार औपचारिक पत्रमा हस्ताक्षर गर्दै पुटिन

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका थप चारवटा क्षेत्र रुसी भूभागमा गाभिने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक विशेष समारोहबीच शुक्रबार औपचारिक पत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।

    रुसले ती क्षेत्र आफ्नो भूभागमा गाभ्ने विषयमा हालै जनमतसंग्रह गराएको थियो । मताधिकार प्रयोग गर्नेहरूले व्यापक सहयोग र समर्थन प्रदर्शन गरेको रुसले दाबी गरेको थियो ।



    तर, पश्चिम जगत र युक्रेनले भने जनमतसंग्रहलाई ‘बहाना मात्रै भएको’ भन्दै आलोचना गरेका थिए । पूर्वी युक्रेनका दोनत्स्क र लुहान्स्क तथा दक्षिणी क्षेत्रका जापोरिझझिया तथा खेर्सोनमा पाँचदिन लगाएर उक्त मतदान सम्पन्न गराइएको हो ।



    हस्ताक्षर कार्यक्रमको दौरान पुटिनले क्रेमलिनमा ‘विशेष तथा महत्वपूर्ण भाषण’ दिने कार्यक्रम पनि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार