Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अमेरिकाले भन्यो – रुसमा बसोबास गर्दै आएका अमेरिकीहरू तत्कालै रुस छोड्नुस्

    अमेरिकाले भन्यो – रुसमा बसोबास गर्दै आएका अमेरिकीहरू तत्कालै रुस छोड्नुस्

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 903
    SHARES

    एजेन्सी । मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो आग्रह गरेको हो ।



    ‘अमेरिकी नागरिकहरूले रुस भ्रमण गर्नु हुँदैन र सीमित व्यावसायिक भ्रमण विकल्प बाँकी रहेकाले तत्कालै रुसमा बसोबास गर्दै आएका अमेरिकीहरूले तत्कालै रुस छोड्नु बेस हुनेछ,’ दूतावासले सुरक्षा सतर्कता जारी गर्दै भनेको छ ।



    २१ सेप्टेम्बरमा पुटिनले युक्रेनमा रुसी फौजको आक्रमण बढाइने घोषणा गरेयता अमेरिकी दूतावासले यो कदम चलेको हो ।

    त्यही समय पुटिनले आणविक हमलाको पनि संकेत दिनुका साथै मुलुकको जगेडा फौजको आंशिक परिचालन गर्ने घोषणा समेत गरेका थिए । पुटिनको यस घोषणापछि युद्धभूमिमा जानुपर्ने भयका कारण हजारौँ रुसी युवा मुलुक छाडेर भागिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार