Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौंमा इन्द्रजात्राको दिन ७ जनामाथि धारिलो हतियार गर्ने चारजना पक्राउ

    काठमाडौंमा इन्द्रजात्राको दिन ७ जनामाथि धारिलो हतियार गर्ने चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 834
    SHARES

    काठमाडौं । इन्द्रजात्राको दिन काठमाडौंको जैसीदेवल लगायत विभिन्न क्षेत्रमा अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्ने चारजना पक्राउ परेका छन् ।

    रातिको समयमा धारिलो हतियार प्रहार गरी ७ जना व्यक्तिलाई घाइते बनाउने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।



    पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ घर भएका २२ वर्षीय राजेश लामा (बल), सिन्धुलीको तीनपाटन गाउँपालिका–१ घर भएका १८ वर्षीय राजु मगर छन् । अन्य २ जनाको भने प्रहरीले नाम गोप्य राखेको छ ।



    इन्द्रजात्राको राति एउटा समूहले जैसीदेवल लगायत क्षेत्रमा अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा ७ जना घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले घाइते भएकाहरुको उद्धार गरेर अस्पताल भर्ना गरेको भएपनि घटनामा संलग्नहरु भने फरार थिए । अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीद्वारा अनुसन्धान शुरु गरी अनुसन्धानका बिविध बिधि र प्रविधिहरुको प्रयोग गरी अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गरेको खुलेको छ । उनीहरुमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार