Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौंमा बजार अनुगमन

    साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुड लगायतका ठाउँबाट अखाद्य वस्तु जफत

    साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुड लगायतका ठाउँबाट अखाद्य वस्तु जफत

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 720
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बिहीबार सहरका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ ।

    जफत गरिएका सामानहरुमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड ब्राण्डका २० केजी तौलका ६ बोरा चामल, यही ब्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको हो ।



    उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताए । डा. झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ ।



    पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।

    आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट ट्रेडिङ, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिएको बताए ।

    अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ । आजै विहान संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलहरुको अनुगमन भएको थियो । अनुगमनका क्रममा व्यवसायीलाई सोधिएको प्रश्नको जवाफ सुन्न लायक थियो ।

    अनुगमनका प्रतिनिधिको प्रश्न थियो, ‘मासु काट्दा एप्रोन लगाउनु पर्ने किन नलगाउनु भएकोरु’ व्यवसायीको उत्तर आयो, ‘विहान कामको चाप हुन्छ । त्यसैले लगाउनै भ्याइँदैन ।’ अनुमगनकर्ताले अर्को प्रश्न सोधे, ‘ढक तराजु नवीकरण गराउनु भएकै रहेनछ । यो त गैरकानुनी भयो नि’, व्यवसायीले उत्तर दिए, ‘यो गराउन कहाँ जानु पर्छ हामीलाई थाहा त छैन । बरु, वडालाई यतै पठाइदिनु न ।’

    माछा मासु पसल हेर्ने क्रममा खिचापोखरीबाट आरवी कम्प्लेक्सतर्फको सडक खण्डका मासु तथा मासुजन्य अचार, सुकुटीलगायतका सामान विक्री गर्ने पसलहरुको अवस्था पनि तत्काल सुधार गर्नुपर्ने खालको छ । नापतौलका सामान नवीकरण नगर्नुमा व्यवसायी संघलाई देखाउँदै हरेक २ बर्षमा संघले नवीकरण गराइदिने जवाफ दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार