Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमालेमा बन्दसूची हेरफेर गर्ने जिम्मा ओलीलाई, अन्तिम सूची १५ गते बुझाउने तयारी

    एमालेमा बन्दसूची हेरफेर गर्ने जिम्मा ओलीलाई, अन्तिम सूची १५ गते बुझाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।



    यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको एमालेले बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको थियो ।



    बिहीबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची १५ गते बुझाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार