Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकजना ट्राफिकलाई १६ हजार सवारी अनुगमनको जिम्मा

    एकजना ट्राफिकलाई १६ हजार सवारी अनुगमनको जिम्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 636
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सवारीसाधनको बढ्दो चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन जटिल तथा चुनौतीपूर्ण बन्दै गएको छ ।

    यातायात व्यवस्था विभागका अनुसार नेपालमा हाल ४५ लाख ५८ सवारीसाधन दर्ता भएका छन् । ती सवारीसाधनको अनुगमन गर्ने ट्राफिक प्रहरीको सङ्ख्या भने जम्मा दुई हजार ७३४ जना मात्र रहेको छ ।



    सवारीसाधनको नियमित चेकजाँच गर्ने हो भने एक जना ट्राफिकको भागमा १६ हजार ६६७ वटा सवारीसाधन पर्छ । विभागका अनुसार दैनिक औसत ८४५ वटा नयाँ सवारी थपिने गरेका छन् ।



    सवारीसाधनको वृद्धिसँगै सडक विस्तार हुन नसक्दा सवारीसाधनको चाप बढ्दो छ । चाडपर्व तथा विशेष समारोहमा यात्रुको आवतजावत बढेसँगै सवारीसाधनको व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार