Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वर्षाले दिक्तेलमा तीनतले घर ढल्यो, अन्य ठाउँमा पनि क्षति

    वर्षाले दिक्तेलमा तीनतले घर ढल्यो, अन्य ठाउँमा पनि क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 510
    SHARES

    फाइल फोटो

    खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो ।

    घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ ।



    वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए । पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । ‘पीडित राहतका लागि फोन गर्न थालेका छन्’ उनले भने ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिए । वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । दसैँ, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार