Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रवीन्द्र मिश्र काठमाडौँ १ बाटै चुनाव लड्ने, औपचारिक घोषणा आज

    रवीन्द्र मिश्र काठमाडौँ १ बाटै चुनाव लड्ने, औपचारिक घोषणा आज

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 786
    SHARES

    काठमाडौँ । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौँ १ बाटै निर्वाचन लड्ने तयारीमा छन् । मिश्रले आज औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

    मिश्रले औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् ।



    दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।



    अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए। राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन्।

    विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार