Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मेडिकल काउन्सिलको चेतावनी – अनाधिकृत व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्नु

    मेडिकल काउन्सिलको चेतावनी – अनाधिकृत व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्नु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 909
    SHARES

    काठमाडौं । कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न नेपाल मेडिकल काउन्सिलले चेतावनी दिएको छ ।

    विभिन्न स्वास्थ्य संस्थामा अनाधिकृत व्यक्तिहरूले अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको व्यापक गुनासो आइरहेको भन्दै काउन्सिलले त्यस्तो नगर्न भनेको हो ।



    कानूनले तोकेको बाहेकका व्यक्तिले अल्ट्रासाउण्ड प्रवाह गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने प्रष्ट पारेको छ ।



    कानुनअनुसार चिकित्साशास्त्रको कुनैपनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलबाट प्रमाणपत्र लिएको चिकित्सकले मात्र अल्ट्रासाउण्ड सेवा दिन पाउने व्यवस्था छ ।

    यसका साथै जीवन बचाउने, हात गोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफै वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने भन्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार