Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने

    दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 984
    SHARES

    काठमाडौँ । नेपाल आयल निगमले दसैंको सार्वजनिक बिदामा डिपोहरु खुला राख्ने भएको छ ।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले डिपोहरु खुला राख्न लागेको हो । निगमका अनुसार डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला हुनेछन् ।



    बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले एक सूचना जारी गर्दै जानकारी दिएको छ।



    दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो। निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार