Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आफ्नै छोराको हत्या गरी फरार रहेका थारु पक्राउ

    आफ्नै छोराको हत्या गरी फरार रहेका थारु पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 642
    SHARES

    बर्दिया । आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई पक्राउ गरेको हो ।



    थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए ।



    थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार