Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • दसैँ बिदामा आयल निगमका सबै डिपो खुला रहने

    दसैँ बिदामा आयल निगमका सबै डिपो खुला रहने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 936
    SHARES

    काडमाडौं । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १३  डिपोहरु खुला राख्ने जनाएको हो ।

    निगमको प्रदेश एक डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले १६, २० र २१ असोजमा  इन्धन बिक्री गर्ने छ । निगमको बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालयले १५, १६, १८ र २१ असोज इन्धन बिक्री गर्ने छ ।



    कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले १६ र २१ असोजमा  र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले १६, १७ र २१ असोजमा इन्धन बिक्री गर्नेछ ।



    यस्तै शाखा कार्यालयहरु चारआली १६ र २१ असोजमा, धनुषाले १६ र २० असोजमा, वीरगञ्जले १६, २० र २१ असोजमा, नेपालगञ्ज र दाङ शाखा कार्यालयले १६ र २१ असोजमा र दिपायलले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्नेछन् ।

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए सम्पर्क गर्न भन्दै निगमले डिपो र शाखाका अधिकारीहरुको सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार