Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • साढे दुई केजी सालकको खपटासहित पेप्सीकोलाबाट कामी र मगर पक्राउ

    साढे दुई केजी सालकको खपटासहित पेप्सीकोलाबाट कामी र मगर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 672
    SHARES

    काठमाडौं । प्रहरीले २ केजी ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट प्रहरीले सिन्धुली गोलञ्जोर गाउँपालिका–४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका २८ वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरेको हो ।



    उक्त स्थानमा अवैध रूपमा सालकको खपटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित फेला पारी बिहीबार पक्राउ गरेको हो।



    उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार