Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप २८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि, ३८ को मृत्यु

    थप २८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि, ३८ को मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 873
    SHARES

     

    काठमाडौं । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।



    यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ ।

    त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार