Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

    सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 855
    SHARES

    सल्यान । सल्यानमा मन्दिर जान लागेको जिप दुर्घटना भएको छ। जिल्लाको खैराबाङ मन्दिर दर्शन गर्न यात्रु लिएर गएको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ भने १७ जना घाइते भएक छन्।

    जिल्लाको कुमाख गाउँपालिका वडा नं-७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको हो ।



    घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते कसैको पनि परिचय खुलेको छैन् ।



    जिल्लाको कुमाख गाउँपालिका-७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका -११ स्थित खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार