Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सन्दिप लामिछानेले भने – विजयादशमीको भोलिपल्ट नेपाल आइपुग्ने छु

    सन्दिप लामिछानेले भने – विजयादशमीको भोलिपल्ट नेपाल आइपुग्ने छु

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली किक्रेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेले नेपाल फर्किने बताएका छन् ।

    सामाजिक संञ्जालमा लेख्दै लामिछानेले २० गते नेपाल आइपुग्ने बताएका हुन् । लामिछानेले आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।



    उनले २० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने बताए ।



    ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’

    उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् ।

    केही समयअघि एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार