Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नबिल बैंकका काउन्टरहरु टिकाको दिनबाहेक अन्य दिन खुल्ला रहने

    नबिल बैंकका काउन्टरहरु टिकाको दिनबाहेक अन्य दिन खुल्ला रहने

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । दसैंका बेला पनि नबिल बैंकका केही शाखाहरु खुल्ला हुने भएका छन् ।

    बैंकले दसैंको टिका (विजया दशमी) का दिन बाहेक अन्य कुनै दिनपनि सेवा प्रवाह नरोकिने गरी केही एक्सटेन्सन काउन्टरहरु खुल्ला राख्ने भएको हो ।



    प्रदेश नं. १ को विराटनगर, इटहरी, इटहरी पश्चिम लाइन र धरानका बैंकको शाखा कार्यालयहरूबाट १६ देखि २१ सम्म दिन मिलाएर बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला हुने जनाएको छ ।



    यस्तै, मधेश प्रदेशका बीरगञ्ज र जनकपुर शाखा कार्यालयहरूबाट पनि बिहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको बैंकले बताएको छ ।

    बागमती प्रदेशका ललितपुर, कुमारीपाटी–२, बिजुली बजार, घण्टाघर, महाराजगंज खिचापोखरी, न्युरोड, टाँडी, नारायणगढ, हेटौंडा, अमलेखगञ्ज र तातोपानी एक्सटेन्सन काउन्टर टिकाको दिन बाहेक अन्य दिन बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछ ।

    अन्य गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शाखा कार्यालयहरु पनि बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार