Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पूर्वप्रधानमन्त्री झलनाथको पुस्तक विमोचित

    पूर्वप्रधानमन्त्री झलनाथको पुस्तक विमोचित

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 3.6K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

    खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् ।



    पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण गर्ने क्षमता हुनुपर्ने आवश्यकता औंल्याए ।



    जेएन फाउन्डेसन फरपीस डेभलभमेन्ट एन्ड सोसलिज्मद्वारा प्रकाशित सो पुस्तकमा ५ पक्षलाई समेटिएको छ । जसका अनुसार विश्व कम्युनिस्ट आन्दोलनको विकासक्रम , बदलिँदो परिस्थिति र हाम्रो दृष्टिकोण, नेपालमा समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद,

    नेपाली समाजवादी क्रान्ति र केही ज्वलन्त सवाल, समाजको जनप्रतिनिधि र हाम्रो कार्यदिशा तथा विद्रोहपछिको समीक्षा र वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्यलगायतका महत्वपूर्ण विषय समेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार