Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • समानुपातिक उम्मेदवारको नामावली टुंग्याउन कांग्रेसको बैठक सुरु

    समानुपातिक उम्मेदवारको नामावली टुंग्याउन कांग्रेसको बैठक सुरु

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 753
    SHARES

    काठमाडौं । असोज १६ गते आइतबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीलाई अन्तिम रुप दिनुपर्ने भएकाले यसै विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक सुरु भएको छ ।

    बैठकमा अन्य शीर्ष नेताहरु पनि उपस्थित रहेको बताइएको छ । बैठकमा कांग्रेसको असन्तुष्ट पक्ष भनिएको कोाइराला समूहले उठाएका माग सम्बोधन मूख्य एजेण्डा रहेको छ ।



    कांग्रेसको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीमा पेस भएका नाम सच्याउनु अघि कोइराला समूहका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा संसदीय बोर्ड केन्द्रीत भएको छ ।



    बन्दसूची सच्याएर आफ्नो पक्षका नेताहरुको नाम समावेश गर्न कोइराला समूहले सभापति शेरबहादुर देउवालाई नयाँ लिष्ट बुझाएको छ ।

    असन्तुष्ट समूहले आज साँझसम्म निर्णय कुर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार