Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • थप १९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित हजारभन्दा कम

    थप १९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित हजारभन्दा कम

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 705
    SHARES

    काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ३३२ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १९ जनाको नतिजा पोजिटिभ आएको हो ।



    ५९१ नमुनाको पीसीआर परीक्षण गर्दा १७ र ७४१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ९६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८६ हजार ८१६ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार