Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मलेठ घटनाको ६ बर्षपछि एमाले अध्यक्ष ओली सप्तरीमा

    मलेठ घटनाको ६ बर्षपछि एमाले अध्यक्ष ओली सप्तरीमा

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 654
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मलेठ घटनाको ६ बर्षपछि सप्तरी पुगेका छन् ।

    शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली यहाँ आएका हुन् ।



    यसअघि २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि ओली सप्तरी आएका थिए ।



    मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो ।

    एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको सम्भावित झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार