Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लागु औषधसहित बसका चालक पक्राउ

    लागु औषधसहित बसका चालक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 624
    SHARES

    डोटी । दिपायलबाट प्रहरीले लागु औषधसहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडक बहादुर कलेल रहेका छन् ।

    उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    कलेल बस चालक हुन् । इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु-प-प्र.०१००१ ख २८२६ नम्बरको बसलाई



    जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार