Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बलात्कारको झुटो जाहेरी दिएको आरोपमा महिला पक्राउ

    बलात्कारको झुटो जाहेरी दिएको आरोपमा महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 618
    SHARES

    काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिलाले झुटो जाहेरी दिएको आरोपमा प्रहरी पक्राउ गरेको हो ।



    ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् ।



    तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार