Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • खोटाङमा गुडिरहेको बसमा एक्कासी आगलागी

    खोटाङमा गुडिरहेको बसमा एक्कासी आगलागी

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 606
    SHARES

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवामा गुड्दै गरेको बसमा आगलागी भएको छ ।

    काठमाडौंबाट दिक्तेल हिँडेको बा ३ ख ८९८१ नम्बरको  बसमा आगलागी भएको हो ।



    बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने नभएको घटनास्थलमा पुगेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ।



    बीच बाटोमै आगलागी भएपछि त्यसमा सवार यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।

    आगलागी भएको बसमा ३२ जना यात्रु रहेको र उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार